काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र STEM Center (Sugar, Thyroid, Endocrinology and Multispecialty Center) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र STEM Center का अध्यक्ष डा. बजरङ्गकुमार रौनियारले हस्ताक्षर गर्नुभयो । यस सम्झौतापश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी तथा ग्राहक महानुभावहरुलाई STEM Center बत्तीसपुतली, काठमाडौंमा प्राप्त हुने सेवाहरु जस्तैः प्याथोलोजी टेस्ट, रेडियोलोजी टेस्ट, फार्मेसी, डेन्टल तथा ओप्थलमोलोजी प्रोडक्टमा १५% सम्म छुट प्राप्त हुनेछ । सोही अवसरमा स्टिम सेन्टरबाट प्राप्त हुने प्याथोलोजीको १८९ भन्दा बढी त्यसै गरी रेडियोलोजीको ८१ भन्दा बढी डेन्टलको ३७ भन्दा बढी परीक्षणलगायत अन्य सेवाहरु समेतमा १५% सम्मको छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण ग्राहक महानुभावहरुले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले स्टिम सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहक महानुभावहरुलाई आवश्यक पर्ने निर्जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।
आइएमई जनरल इन्स्योरेन्स र स्टिम सेन्टर प्रालिबीच सम्झौता
आर्थीकसंसार संवाददाता६ असार, २०७९
६ असार, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी