News Portal

  • प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिका बीच आकर्षक छुट

    आर्थीकसंसार संवाददाता५ असार, २०७९
    ७८३ पटक
    ५ असार, २०७९

    काठमाडौं । आज मिति २०७९ असार ५ गतेका दिन प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिकाबीच, दि क्लिफ प्रालिमा आकर्षक छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी श्रीमती शांन्ति शेरचन र दि क्लिफ प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वरध्वज कार्कीद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र दि क्लिफ प्रालिबीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले दि क्लिफ प्रालिद्वारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि ९स्काई चियर्, विइसीङ ह्याण्ड, हर्स राइडिङ, क्रेज ब्रिड्ज, जाइन्ट पिङ्ग, तथा फ्यामिली पिङ्ग० मध्य कुनै एक गतिविधिमा निस् शुल्क सेवा प्राप्त हुने भएको छ ।
    उक्त सम्झौताअन्तर्गत दि क्लिफ प्रालिमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दि क्लिफ प्रालिका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्