News Portal

  • अमरगढी नगरपालिकामा प्राइम लाइफको बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता४ असार, २०७९
    ५३९ पटक
    ४ असार, २०७९

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले डडेल्धुराको अमरगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पहिलो चरणको कार्यक्रम डडेल्धुरामा सम्पन्न गरेको जनाएको छ । प्रदेश नम्बर ७ का अर्थराज्य मन्त्री अमर बहादुर साउदको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
    अमरगढी नगरपालिका मेयर डिल्ली राज जोशी, बीमा समितिका ७ नम्बर प्रदेश प्रमुख ओम बहादुर अधिकारीको उपस्तिथीमा बीमा सम्बन्धी जनचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रदेश नम्बर ७ का अर्थराज्य मन्त्री अमर बहादुर साउदले बीमाको क्षेत्र ठुलो छ र बीमा सबैको लागि धेरै महत्वपुर्ण भएकाले हाम्रो प्रदेशमा पनि बीमाका कार्यक्रमलाई अगाडी बढाउने बताए । साथै, उनले बीमाले सबैको भविष्य सुनिश्चत गर्दछ त्यसकारण बीमालाई सबैले मिलेर अगाडी बढाउनुपर्ने बताएका छन् ।
    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टाइले बीमाको महत्व धेरै छ ,जीवन अमुल्य छ जीवनलाई मुल्यवान बनाउनका लागि बीमा गराउनुपर्छ र समयमै आफ्नो भविष्य सुनिश्चत बनाउनुपर्छ भन्ने बताएका छन् ।
    कार्यक्रममा बीमा समितिका ७ नम्बर प्रदेश प्रमुख ओम बहादुर अधिकारीले संघिय सरकारले बीमा सम्बन्धीको कार्यक्रमलाई अगाडी बढाएको छ । अब बीमा सम्बन्धी कार्यक्रमलाई संघिय सरकारले मात्र नभई प्रदेश स्तरबाट पनि अगाडी बढाउनुपर्ने बताएका छन ।

     त्यसैगरी अमरगढी नगरपालिका मेयर डिल्ली राज जोशीले बीमा सम्बन्धी जनचेतना सबैमा जरुरी छ , सदरमुकाममा मात्र केन्द्रीत भएर हुँदैन बीमा सेवा गाउँ गाउँसम्म पुर्याउनुपर्ने बताए । साथै उनले प्रिमियम लिन शुरुमा सहज हुने र पछि बीमा कम्पनीहरुले दाबी भुक्तानी दिन असहज मान्ने गरेका छनश यसलाई सहज बनाउन समेत उनले आग्रह गरेका छन् ।
    कार्यक्रममा स्थानीय जनप्रतिनिधी लगायत दुइसय पचास जनाको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्