काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औंं वार्षिक साधारणसभा भदौं २६ गते होटेल इच्छा प्रालि सिमरा, बारामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
वार्षिक साधारणसभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ, जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल र अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन् । सञ्चालकहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन् ।
साधारणसभाले कम्पनीको २० प्रतिशत प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत गर्ने निर्णय गरेको छ । यसअघि ८० प्रतिशत प्रमोटर सेयर र २० प्रतिशत पब्लिक सेयर रहेकोमा अब ६० प्रतिशत प्रमोटर र ४० प्रतिशत पब्लिक सेयर हुने निर्णय साधारणसभाले गरेको छ ।
प्रुडेन्सियल इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न
आर्थीकसंसार संवाददाता२६ भदौ, २०७७
२६ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने