News Portal

  • नेपाल बैंकले ऋणपत्र जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धकमा नियुक्त

    आर्थीकसंसार संवाददाता२ असार, २०७९
    ५५३ पटक
    २ असार, २०७९

    काठमाडौं । नेपाल बैंक लिमिटेडको रु.१,०००÷– अंकित दरको २५,००,००० कित्ताले हुन आउने रु. २,५०,००,००,०००/– (अक्षरुपी २ अर्ब पचास करोड) रकम बराबरको “१०.५०% नेपाल बैंक ऋणपत्र २०८४” जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५०% प्रतिशत रहेको छ ।
    उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको छ । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निश्कासन गरीनेछ।
    काठमाण्डौें, धर्मपथ स्थित मुख्य कार्यालय रहेका नेपाल बैंक लिमिटेडले देशका ७ वटै प्रदेशमा आफ्नो शाखाहरु विस्तार गरी उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्