काठमाडौं । इन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ ।
अफरअनुसार ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२,०००÷‐ (कर बाहेक) उपलब्ध गराउने छ ।
यो अफर ईन्टरनेशनल डे अफ फेमिलि रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुनेछ ।
संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आइएको हो । विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ । त्यसैले रेमिटेन्स कमाउने विश्वका नागरिकहरूको जीवन सुरक्षा पहिलो प्राथमिकता बनोस् । आप्रवासी नागरिकले कमाएको रेमिटेन्स सुरक्षित ढंगले घरपरिवारको हातसम्म पुगोस् हामी कामना गर्दछौं ।
आइएमई लिमिटेडका बारेमाः
आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औं वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय ३० आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव ३५ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक
आर्थीकसंसार संवाददाता१ असार, २०७९
१ असार, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने