News Portal

  • जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता३१ जेठ, २०७९
    २५७ पटक
    ३१ जेठ, २०७९

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको चौथो साधारणसभा अमृतभोग, कालिकास्थानमा सम्पन्न भएको छ ।
    सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीका अध्यक्ष कुनाल कयालद्वारा पेश भएको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित भएको छ । त्यस्तै लेखापरिक्षण प्रतिवेदन आर्थिक बर्ष (NFRS) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी अनुसुचि माथि छलफल गरी पारित भएको छ ।
    त्यस्तै, आर्थिक बर्ष २०७८÷७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भयो । साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका भन्ने उद्देश्यसहित GIC NEPAL  नामक APP संचालनमा ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्