News Portal

  • सनराइज बैंकको नि:शुल्क स्तन स्वास्थ्य क्यान्सर शिविर सम्पन्न

    आर्थीकसंसार संवाददाता३० जेठ, २०७९
    ५६७ पटक
    ३० जेठ, २०७९

    काठमाडौं । सनराइज बैंकले ओमबहालमा निस्शुल्क स्तन क्यान्सर परिक्षण शिविर सम्पन्न गरेको छ । बैंकले शनिबार निस्शुल्क स्तन क्यान्सर परिक्षण शिविर सम्पन्न गरेको हो ।
    जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निस्शुल्क शिविर सञ्चालन गरेको जनाएको छ ।
    शिविरमा करिब ६३ जना महिलाहरुको स्तन परीक्षण गरी उनीहरुलाई स्तन क्यान्सर बारे जानकारी दिइएको थियो । साथै शिविरमा आएका सबैलाई निस्शुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको थियो ।
    पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको र यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरु बताउँछन् ।
    सनराइज बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ ।
    साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप १० हजारसम्म र अस्पताल भर्ना र इएम् खर्च गरी १ लाखसम्म बीमा बापतको रकम समेत दिँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्