News Portal

  • गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०७९
    १६७ पटक
    २९ जेठ, २०७९

    काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रवार काठमाडौंमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण हिसाव, नगद प्रवाहको प्रस्ताव पारित गरेको छ ।
    साथै, सभाले आर्थिक वर्ष २०७८/ ७९ को लागि बाह्य लेखापरीक्षक समेत नियुक्त गरेको छ । त्यसैगरी सभाले रिक्त रहेको सञ्चालक पदमा नियुक्त भएका सञ्चालकहरुको अनुमोदन गरेको छ ।
    सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले आगामी दिनमा निक्षेप तथा कर्जामा नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको बताए ।
    कम्पनीले हाल २६ वटा शाखा र एउटा एक्स्टेन्सन काउण्टरसहित सात वटै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी वित्तीय कारोबार गर्दै आएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्