News Portal

  • नेपाल इन्स्योरेन्सको साधारण सभा भोलि, कहिलेसम्म शेयर किन्नेले पाउँछन् ११% बोनश ?

    आर्थीकसंसार संवाददाता२९ जेठ, २०७९
    ५७९ पटक
    २९ जेठ, २०७९

    काठमाडौं । नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा भोलि जेठ ३० गते सोमवार हुने भएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।
    सभाले गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।
    कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।
    हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । उक्त पूँजीको आधारमा १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।
    साथै सभाले संस्थापक शेयरधनीहरुबाट दुई जना र सर्वसाधारण शेयरधनीहरुबाट दुई जना गरी चार जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
    साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको हो । बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्