News Portal

  • यूनाइटेड इन्स्योरेन्सका अध्यक्ष रवि भक्त श्रेष्ठले लिए शपथ

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०७९
    ६६३ पटक
    २७ जेठ, २०७९

    काठमाडौं । यूनाइटेड इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष रवि भक्त श्रेष्ठ पद तथा गोपनियताको शपथ लिएका छन् । श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल पद तथा गोपनियताको शपथ लिएका हुन् ।
    इन्स्योरेन्सको २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका श्रेष्ठ चयन भएका थिए ।
    सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ गरे । ६ जना निर्विरोध निर्वाचित भएका संचालकहरु संस्थापक सेयरधनीबाट रविभक्त श्रेष्ठ, राज रिमाल दिवक ओली र प्रियंका श्रेष्ठ छन् भने सर्वसाधारणको तर्फबाट विलसनमान रञ्जित र रबिन्द्रराज पन्त रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्