News Portal

  • सिटिजन्स बैंकका कार्डबाहकलाई मनकामना हस्पिटलमा १५ प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२७ जेठ, २०७९
    ७८० पटक
    २७ जेठ, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले मनकामना हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक र भरतपुरस्थित उक्त हस्पिटलबीच समझादारी भएको हो ।
    सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्म सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
    बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्था समेत गरेको छ । त्यसैगरि, कार्डबाहकहरुको सुविधालाई ध्यानमा राखी नेपाल भित्रका जुनसुकै बंैकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि बैंकले विभिन बचत खातामा गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्