News Portal

  • कृषि विकास बैंक र विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
    २६८ पटक
    २६ जेठ, २०७९

    काठमाडाैं । कृषि विकास बैंकले भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको छ । बैंकले बुधबार भरतपुर क्यान्सर अस्पतालमा सेवा विस्तार गरेको हाे ।
    विगत ५ वर्ष देखि एक्स्टेन्सन काउन्टर सहित अस्पतालको आय संकलनको कार्य गरी रहेकोमा हाल सम्झौताको म्याद समाप्त भएकाले पुन बैंकिङ्ग कारोबारका लागि कृषि विकास बैंक लि., प्रदेश कार्यालय चिवतनका निर्देशक रधुनाथ न्यौपाने र क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
    कार्यक्रममा क्यान्सर अस्पताल संचालक समिति अध्यक्ष डा.र्निमल लामिछाने,उप निर्देशक डा.कृष्ण कुमार शर्मा,पूर्व संचालक डा. विनुमा श्रेष्ठ, बरिष्ठ लेखा अधिकृत पिताम्वर उपाध्याय,कानुन अधिकृत गोर्कण सापकोटालगायतको सहभागिता रहेको थियो भने बैंकका तर्फवाट निर्देशक रधुनाथ न्यौपाने, कृषि बैंकिङ विभागका विभागीय प्रमुख चन्द्र सिंह थापा लगायतको सहभागीता रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्