News Portal

  • सानिमा बैंकले कागजको प्रयोग कम गर्न ल्यायो ‘ग्रीन पिन’

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०७९
    ५४८ पटक
    २६ जेठ, २०७९

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसमार्फत पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।
    उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको एटिएममा गएर पिन परिवर्तन गर्नु पर्नेछ ।
    ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुविधाजनक बनाउनु रहेकाे बैंकले जनाएकाे छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा एटिएम संचालनमा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्