News Portal

  • प्रभु बैंकका ग्राहकलाई दियालो फुडल्याण्डमा आकर्षक छुट

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७९
    ५६६ पटक
    २५ जेठ, २०७९

    काठमाडौं । प्रभु बैंक र दियालो फुडल्याण्ड बुटवलकाबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।
    बैंक र फुडल्याण्डबीच मंगलबार यसबारे सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट खैरेनी शाखा कार्यालय प्रमुख सरोज ज्ञावली र दियालो फुडल्याण्ड बुटवलका तर्फबाट प्रबन्ध निर्देशक मदन भण्डारीले हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरुले दियालो फुडल्याण्ड बुटवलद्धारा सञ्चालित रेस्टुरेण्ट एण्ड पार्टी प्यालेसमा ुफुडु मा १५ प्रतिशत र ुवेभरेजु मा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
    बैंकका ग्राहकले छुट पाउनके लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गर्नुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्