काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
‘मोस्ट पपुलर प्लेयर’ लाई नगद ५ हजारसहित पुरस्कृत गरिने छ । यो विधाको चयन गर्न हरेक खेलाडीको भिडियोलाई यु ट्युबमा राखिने छ । तीमध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ ।
कागेश्वरी मनोहरा नगरपालिका र युनिटी तेक्वान्दो डोजाङ, हङकङको प्रायोजनमा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर ५ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ । नाम दर्ता गराएका खेलाडीले अक्टोबर ७ देखि ८ तारिखसम्म आफ्नो खेलको भिडियो आयोजकलाई पठाउनु पर्ने छ । भिडियो बढीमा ९० सेकेन्डको मात्र हुनुपर्ने छ । दुईदिने प्रतियोगिता सञ्चालन गर्न अशोक खड्का, विक्रम खड्गी, मीन न्यौपाने, नोर्बु लामा र हीराबहादुर थापालाई निर्णायकमा चयन गरिएको छ ।
कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से हुने
आर्थिकसंसार डटकम२६ भदौ, २०७७
२६ भदौ, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- सूर्यज्योति लाइफ इन्स्योरेन्सको १६औं वार्षिक साधारणसभा सम्पन्न
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो