News Portal

  • नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७९
    ६६० पटक
    २५ जेठ, २०७९

    काठमाडौं । नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक  बनाउने भएको हो ।
    बुधबार एक कार्यक्रमको आयोजना गर्दै काठमाडौ महानगरपालिका र नबिल बैंकबीच सम्झौता भएको हो । सम्झौतामा नबिल  बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाह र काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको थियो ।
    महानगरका अनुसार हाटल रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैर सरकारी सघं संस्थाले सात दिनभित्र प्रस्ताव पेश गर्न सक्ने छन् ।

    प्रतिकृया दिनुहोस्