News Portal

  • आइएमई पे क्यासब्याक अफर सार्वजनिक

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७९
    ४०६ पटक
    २५ जेठ, २०७९

    काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले यही जेठ २५ गतेदेखि नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।
    “प्रिमियम तिरौं क्यासब्याक पाऔ”ं नामक अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पेमार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा रु. १००० सम्मको क्यासब्याक पाउनेछन् र अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नुहुनेछ ।
    आइएमई पेको बारेमाः
    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फछ्र्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।
    आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुविधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योग्दान पुर्याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।

    प्रतिकृया दिनुहोस्