News Portal

  • नेशनल माइक्रो फाइनान्सले संस्थापक शेयर बिक्री गर्ने

    आर्थीकसंसार संवाददाता२६ भदौ, २०७७
    ११९८ पटक
    २६ भदौ, २०७७

    काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले १ लाख १० हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा बिक्री गर्ने भएको हो ।
    उक्त शेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले आश्विन २ गतेबाट कार्तिक ६ गतेसम्म बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी आवेदन पेश गर्न सक्नेछन् । संस्थाको प्रकाशित सूचनामा उल्लेखित शर्तहरुको अधीनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न संंस्थाले बताएको छ ।

    प्रतिकृया दिनुहोस्