आर्थीकसंसार संवाददाता२५ भदौ, २०७७
२५ भदौ, २०७७काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले यसपटक लाभांश नपाउने भएका छन् । लघुवित्तको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश वितरण नगर्ने जानकारी गराएको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले वासलात, आम्दानी तथा नाफा नोक्सान विवरण पारित गरेको छ । एनआइसी एसिया लघुवित्त वित्तीय र स्वेदशी विलय (मर्ज) हुने भएका छन् । दुवै संस्था बीच मर्जमा जाने सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । मर्जर सम्झौतासँगै एनआइसी एसिया र स्वेदशी लघुवित्तको साउन ३२ गतेबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोक्का छ ।