News Portal

  • वातावरणमैत्री निर्माण सामग्रीको प्रयोग सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ६९५ पटक
    २२ जेठ, २०७९

    काठमाडौं । वातावरणमैत्री निर्माण सामग्रीको प्रयोग सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । क्याथफोर्ड इन्टरनेशल कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा स्वदेशमै उत्पादित इको प्यानलको प्रयोगको बारे कार्यशालागोष्ठी सम्पन्न भएको हाे l
    कार्यक्रममा सहभागी नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समयम आधुनिक निर्माण सामाग्रीको रुपमा विकास भएको इको प्यानलका विविध विशेषताहरुबारे सहभागी इन्जिनियरिङका विद्यार्थी हरुलाई जानकारी गराए ।
    इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेको यसको प्रयोगबारे जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए । इको प्यानलको उत्पादन धुलो धुँवा रहित वातावरणमा क्लिन इनर्जी (बिजुली ) को मात्र प्रयोग भई बन्ने भएकोले यो पूर्ण वातारण मैत्री रहेको ईन्जिनियर दुवालले बताए l

    कलेजको सिभिल इन्जिनियरिङ विभागका प्रमुख डा दिनेश सुन्कामनीले कलेजका विद्यार्थीले नयाँं प्रविधिका निर्माण सामाग्रीबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै अहिलेको समयमा वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगमा जोड दिए ।
    इको प्यानल भनेको भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा स्थायी वा अस्थायी संरचनामा प्रयोग हुने निर्माण सामाग्री हो । यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि हुन्छ । कारखानामा पहिला नै बनाई निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसबाट तीव्र निर्माण सम्भव हुन्छ ।

     

    प्रतिकृया दिनुहोस्