News Portal

  • बैंककाे बजेटकाे कार्यक्रम तय गर्न नेपाल बैंककाे गण्डकी र सुदुरपश्चिम प्रदेशको गोष्ठी सम्पन्न

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ६३१ पटक
    २२ जेठ, २०७९

    काठमाडौं । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदुरपश्चिम प्रदेशमा प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
    जेठ १९ गते देखि २१ गतेसम्म चितवनको सौराहामा आयोजित बजेट गोष्ठीमा नेपाल बैंक व्यवस्थापन, गण्डकी र सुदुरपश्चिम प्रादेशिक कार्यालय र सो अन्तर्गतका सम्पूर्ण शाखाका ४५ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो ।
    प्रधान कार्यालय बजेट तथा योजना विभाग र तालिम तथा बिकास डिभिजनले संयुक्त रुपमा आयोजना गरेको उक्त बजेट गोष्ठीमा सहभागि शाखा प्रबन्धकहरुलाई सफ्ट स्किल डेभलेपमेन्ट सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।
    कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको हालको जनशक्तिको कडा मेहनेतले गर्दा नै नैपाल बैंक आज अत्यन्त सबल र प्रतिस्पर्धि बैंकको रुपमा अगाडि आएको बताएका थिए ।
    नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्