News Portal

  • बुढानिलकण्ठमा २०० विरुवा रोपी गरिमा विकास बैंकले मनायो विश्व वातवरण दिवस

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०७९
    ७२५ पटक
    २२ जेठ, २०७९

    काठमाडौं । गरिमा विकास बैंकले विश्व वातावरण दिवसकाे अवसरमा बुढानिलकण्ठस्थित कालिका पार्कमा वृक्षाराेपण गरेकाे छ । बैंकले जलवायु परिवर्तनको न्यूनीकरण गर्न वृक्षाराेपण गरेकाे जनाएकाे छ ।
    बुढानिलकण्ठ वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले संयुक्त रुपमा रुख रोपी कार्यक्रमको उद्घाटन गरेका थिए । यस कार्यक्रम अन्तर्गत उक्त पार्कमा करिब २०० विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
    हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सेवा दिँदै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्