News Portal

  • उन्नति सहकार्य लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान

    आर्थिकसंसार संवाददाता२६ भदौ, २०७७
    १८४४ पटक
    २६ भदौ, २०७७

    काठमाडौं । उन्नति सहायर्का लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम प्रदान गरेको छ ।
    उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय शंकरपूरले समूहमा आवद्ध मृतक परिवारका सदस्यलाई बीमा वापतको रकम प्रदान गरेको छ । लघुवित्त संस्थाले स्थानीय महिलाहरुको समूह बनाई उक्त समूह मार्फत विना धितो कर्जा प्रवाह गर्दै आएको छ । त्यस अन्तर्गत देवदह नगरपालिका–११ गुम्बिमा गठन भएको समूह उन्नति गुम्बि महिला समूहकी सदस्य स्व. सूराति मल्लाहीनको असमाहिक निधन भएकाले निज सदस्यको कर्जाको आवधिक बीमा भएकोले, निजको हकवाला श्रीमान् साधूसरण मल्लाहलाई एक कार्यक्रमका बीच, उक्त संस्थाका शाखा प्रमुख केदारराज जोशीले समूह सदस्यहरुको रोहवरमा दुई लाख ५६ हजार प्रदान गरेको जनाएको छ ।
    यस संस्थाले हालसम्म विभिन्न क्षेत्रमा सामाजिक, आर्थिक उत्तरदायित्व वहन गर्दै आइरको छ । बैंकको बीमा नियमअनुसार सदस्यको कालगतिले मृत्यु भएमा १ सय २८ प्रतिशत र दुर्घटनामा मृत्यु भएमा २०० प्रतिशत साथै सदस्यको श्रीमानको मृत्यु भएमा १ सय प्रतिशत क्षतिपूर्ति दिने व्यवस्था गरिएको संस्थाले बताएको छ ।

    प्रतिकृया दिनुहोस्