News Portal

  • बजेटले नेपाल र नेपालीको भाग्य बदल्छ : अर्थसचिव मरासिनी

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०७९
    ४१७ पटक
    २१ जेठ, २०७९

    काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले बीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताएका छन् । शनिबार बीरगञ्ज उद्योग बाणिज्य संघको ४६औं वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
    उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा रहेको अर्थव्यवस्थालाई सही दिशामा ल्याएर नेपाल र नेपालीको भाग्य बदल्ने प्रयत्न गरिएको बताए ।
    ‘बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग व्यापारलाई औद्योगिकरण गर्न खोजिएको छ’ अर्थ सचिव मरासिनीले भन्नुभयो, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा लिने संभवत सरकारको यो पहिलो दस्ताबेज हो ।’

     

    प्रतिकृया दिनुहोस्