News Portal

  • सांग्रिला बैंकद्वारा भेरी अञ्चल अस्पताललाई आर्थिक सहयोग

    आर्थिकसंसार संवाददाता२५ भदौ, २०७७
    ९६६ पटक
    २५ भदौ, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ५, नेपालगन्जस्थित भेरी अञ्चल अस्पताललाई तीन लाख रूपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोगले भेरी अञ्चल अस्पताललाइ ७२ शैय्याको कोभिड अस्पताल बनाउन सहयोग पुग्ने साथै कोभिडका लक्षण देखिएका बिरामीहरूको उपचारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
    उक्त अस्पतालको उद्घाटन कार्यक्रममा बैंकको तर्फबाट सांग्रिला बैंक नेपालगन्जका कलस्टर प्रमुख जयन्द्र खड्काले भेरी अञ्चल अस्पतालका प्रमुख श्यामसुन्दर यादवलाई चेक हस्तान्त्तरण गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल तथा भेरी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्