News Portal

  • जोन्टा कल्ब अफ काठमाण्डौको नौ बार्षिक साधारणसभा

    आर्थीकसंसार संवाददाता१७ जेठ, २०७९
    ६७५ पटक
    १७ जेठ, २०७९

    काठमाडौं । जोन्टा कल्ब अफ काठमाडौंको नौ बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ । जोन्टा क्लब विश्वका ६७ देशमा फैलिएको गैरनाफामुलुक संस्था हो । नेपालमा बिगत नौ वर्षदेखि स्वास्थ्य, शिक्षा, मानवअधिकार, समानता र आर्थिक सशक्तीकरण, बाल बिवाह, मानव बेचबिखन, लैङ्गिक हिंसा र विभेदलगायत बिभिन्न क्षेत्रमा काम गरिरहेको जोन्टा क्लब अफ काठमाडौंले जनाएको छ ।


    कार्यक्रममा उक्त क्लबको निवर्तमान प्रेसिडेन्ट सिमा गोल्छाले आफ्नो दुई वर्षे कार्यकाल समापन भएर नयाँ प्रेसिडेन्ट चयन गर्दै आभा शाहलाई कार्यभार हस्तान्तरण गर्नु भयो । उहाँले आफ्ना कार्यकालमा भएका कार्यहरु र नविनतम पहलहरुका बारेमा जानकारी गराउनु भएको थियो । कोरोनाको कहरमा पुरा विश्व नै ठप्प भएको बेलामा पनि दृढ़ संकल्प र अटुट साहसका साथ उहाँले जोन्टा क्लब अफ काठमाडौंले गरेका उदाहरणीय कार्यहरुको बारेमा जानकारी गराउनु भयो ।


    सो समारोहमा नवनिर्वाचित आभा शाहले आफूले मन, वचन र कर्मले जोन्टाको सेवा गर्ने र साथै नेपाली महिलाहरुका हक हित, अधिकार, शिक्षा, रोजगार र आर्थिक सशक्तिकरणमा जोडदार रूपमा कटिबद्ध भएर लाग्ने प्रण गर्नुभयो ।


    उक्त कार्यक्रममा भाइस एरिया डाइरेक्टर मिरा ज्योती, भाइस प्रेसिडेन्ट कमल केशरी तुलाधर, टेर्जरर मृदुला राजभण्डारी, तथा भुतपूर्व प्रेसिडेन्टहरू र व्यवस्थापक समितिका सदस्यहरुले जोन्टा कल्बले गरिरहेको कामको चर्चा र गर्नुपर्ने कार्यको बारेमा सुझाव र धारणा राख्नुभएको थियो । साथै कार्यक्रममा ६ जना नवप्रवेशीहरु पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, निशा केसी, सितु प्रधान, स्वस्तिका खनाल, निसि टिब्रेवाल खेतान र गौरी ठकुरीलाई सदस्यता प्रदान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्