News Portal

  • सानिमा जनरलको अभिकर्ता तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७९
    १३७ पटक
    १८ जेठ, २०७९

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम सम्पत्र गरेको छ ।
    कम्पनीले बीमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गरेको हो । उक्त तालिम जेष्ठ १३, १४ र १५ गतेसम्म बाराको निजगढमा संचालन गरिएको थियो ।
    कार्यक्रममा कलैया, बिरगंज, निजगढ, चपुर, हरिवन लगायत क्षेत्रका इच्छुक युवा युवतीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी प्रशिक्षर्थीहरुलाई कम्पनीका बरिष्ठ पदाधिकारीहरुले प्रशिक्षण प्रदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्