News Portal

  • सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त

    आर्थीकसंसार संवाददाता१८ जेठ, २०७९
    ७३३ पटक
    १८ जेठ, २०७९

    काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त हुनुभएको छ । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिनजङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले मिति २०७८।०२।१८ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
    नेपाल बंगलादेश बैंकबाट बैंकिङ सुरु गर्नुभएका रायमाझीले नेपाल राष्ट्र बैंकलगायत विभिन्न बैंक (एनसीसी, मेगा र प्रभु बैंक)मा गरी कुल एक्काइस वर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख सञ्चालन अधिकृतको समेत भूमिका निर्वाह गरिसक्नु भएकाले उहाँले नायव प्रमुख कार्यकारी अधिकृतकोे भूमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ ।
    सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिनजङ्ग रायमाझीले बैंकमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले उहाँलाई नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्