News Portal

  • ह्यान्डबल संघद्वारा १ सय १९ जनाको कोरोना बीमा

    आर्थिकसंसार संवाददाता२५ भदौ, २०७७
    ६३४ पटक
    २५ भदौ, २०७७

    काठमाडौं । नेपाल ह्याण्डबल संघद्वारा १ सय १९ जनाको कारोना बीमा गरेको छ । नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरी १ सय १९ जनाको कोरोना बीमा गरेको छ । विश्वमा महामारीको रुपमा कोरोना फैलिएसँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना बीमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ)को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना बीमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए ।
    “हामीले पहिलो चरणमा १ सय १९ जनाको बीमा गरेका छौं’ महासचिब रेग्मीले भने–‘अझै करिव ५० जना छन्, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साताभित्रै सबैको बीमा गर्दैछौं ।’ सबै प्रदेश र जिल्लाहरुबाट बीमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।
    संघले जुनियर तथा सिनियर लेभलमा केही वर्षदेखियता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना बीमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए । उनले कोभिड–१९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत बाँड्नका लागि सवै जिल्लाहरुबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियमसमेत संघले तयार पारिसकेको जानकारी दिए ।
    अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आईएचएफ)ले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्