News Portal

  • जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौं ल्याइयो

    आर्थीकसंसार संवाददाता१६ जेठ, २०७९
    ५९४ पटक
    १६ जेठ, २०७९

    काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ ।
    तारा एयरले विज्ञप्ति प्रकाशित गरी हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याइएको छ । ती शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको छ ।
    ‘शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिनेछ’ तारा एयरका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
    बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको तारा एयरले जनाएको छ । उद्धार टोलीले एक जनाको शव खोजी गररहेको छ ।
    त्यस्तै संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्