News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको शाखा नक्सालमा

    आर्थीकसंसार संवाददाता१३ जेठ, २०७९
    ६९९ पटक
    १३ जेठ, २०७९

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले नारायण चौर, नक्सालमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा लाजिम्पाटबाट स्थानान्तरण गरिएको हो ।
    शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको उद्घाटन नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले गरिन् ।
    सो अवसरमा प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तीदारले नयाँ शाखाबाट पुराना र नयाँ ग्राहकहरूलाई सेवा दिन पाउँदा हर्षित भएको बताए ।  नयाँ स्थानबाट ग्राहकहरूलाई डिजिटल र स्मार्ट सेवा प्रदान गरिने उनले बताए ।

     

    प्रतिकृया दिनुहोस्