News Portal

  • एभरेष्ट बैंकका ग्राहकलाई सहारा फिजियोथेरापी अस्पतालमा विशेष छुट

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ६६३ पटक
    ११ जेठ, २०७९

    काठमाडौं । एभरेष्ट बैंक र सहारा फिजियोथेरापी अस्पताल महाराजगंजबीच सम्झौता भएको छ । बैंक र अस्पतालबीच कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता र बैंकका कर्मचारीलाई विशेष छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो ।
    एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सहारा फिजियोथेरापी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा। हरिकुमार लम्सालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।
    सम्झौता अनुरुप बैंकका सबै कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ता र कर्मचारीहरूलाई अस्पतालले विभिन्न सेवाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट दिने डा. लम्सालले बताए ।

     

    प्रतिकृया दिनुहोस्