News Portal

  • शिवाकोटी र आचार्य दुवै राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ७६९ पटक
    ११ जेठ, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।
    दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बताए । शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो ।
    राष्ट्र बैंककाे सञ्चालक बन्ने लाइनमा दिलीप ढुंगाना पनि थिए । केही साता अगाडि सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो । तर,  निर्वाचन सकिएसँगै सरकारले नै यी दुई जनालाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।

     

    प्रतिकृया दिनुहोस्