News Portal

  • बैंक अफ काठमाण्डूका ग्राहकलाई ड्रिम्स ताज बिस्ट्रोमा १० प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ४७६ पटक
    ११ जेठ, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डू  र ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्ड बाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको हो ।
    सम्झौता अनुरुप डेबिट कार्ड भुक्तानी गर्ने ग्राहकलाई ७ र क्रेडिट कार्डबाट तिर्नेलाई १० प्रतिशत छुट दिइने छ । ड्रिम्स ताज बिस्ट्रो तथा होस्टलरीले जितपुरको बाराबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
    हालसम्म बैंक अफ काठमाण्डूले ९७ शाखा कार्यालयहरु, ८८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    प्रतिकृया दिनुहोस्