News Portal

  • सांग्रिला बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ भदौ २०७७
    ६३४ पटक
    २४ भदौ २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला बैंकको मलेखु शाखाले अनलाइनको माध्यमबाट बेनिघाट रोराङ्ग–३ मा रहेको जय बागेश्वरी बहुमुखी क्यापसका विद्यार्थीहरू र अभिभावकसमेत संलग्न गराइ क्याम्पस स्तरीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
    कार्यक्रममा सांग्रिला बैकको मलेखु शाखाका प्रमुख गौरब काफ्लेले बैंक तथा वित्तीय क्षेत्रको प्रयोग र महत्व दिनानुदिन बढ्दै गइरहेको, आधुनिक बैंकिङ्ग प्रणालीका बारेमा कोभिड–१९ ले गर्दा डिजिटल बैंकिङ्ग प्रविधिको महत्व र यसको उपयोगिता बचत र कर्जाका बारेमा लगायत अन्य बैंक तथा वित्तिय विषयमा जानकारी दिएका थिए । त्यसैगरी, कार्यक्रममा जय बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख रामजी सिलवालले सांग्रिला बैंकको यो प्रयास अति राम्रो विद्यार्थीहरूको किताबी शिक्षा सँगसँगै यस व्यवहारिक छलफल तथा बसाइले थप शिक्षित बनाउने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्