News Portal

  • बैंक अफ काठमाण्डू र फील गुड बारबीच छुटबारे सम्झौता

    आर्थीकसंसार संवाददाता७ जेठ, २०७९
    ७५७ पटक
    ७ जेठ, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र फील गुड बार एण्ड ग्रिलबिच सम्झौता भएको छ ।
    बैंकले आफ्नो ग्राहकहरूको सुविधाको लागि फील गुड बार एण्ड ग्रिलबिच १० प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको हो ।
    बैकले डेबिट कार्ड, क्रेडिट कार्डबाट पिओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने उदेश्यले उक्त सम्झौता गरेको हो ।
    उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैकले बताएका छन् । फील गुड बार एण्ड गिल्लले एयरपोर्ट मोड, बिराटनगरबाट सेवाग्राहीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
    हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरू, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्