News Portal

  • लुम्बिनी विकास बैंकका ग्राहकलाई धुलिखेल जिपलाइनमा २० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता६ वैशाख, २०७९
    ७२१ पटक
    ६ वैशाख, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंकले धुलिखेलमा अवस्थित वर्ल्ड वाईड एडभेन्चरमा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ ।
    सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंकका आफ्ना सम्पुर्ण ग्राहकहरुलाई डेबिट कार्ड तथा मोबाइल बैकिङ सेवा प्रयोग गरी धुलिखेल जिपलाइनका विभिन्न जिपलाइन सेवा तथा सुबिधाहरु लिए बाफत भुक्तानी गर्दा २० प्रतिशत छुट प्रदान गर्ने छ ।
    सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दिपक खनाल र वर्ल्ड वाईड एडभेन्चरको तर्फबाट अध्यक्ष केदार बहादुर थापाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
    यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्