News Portal

  • मर्जरको संझौतापत्र सहित बीमा समिति पुगे तीन कम्पनी

    आर्थीकसंसार संवाददाता४ जेठ, २०७९
    ५६८ पटक
    ४ जेठ, २०७९

    काठमाडौं । मर्जरको सहमतिपत्रमा संझौता गरेका तीन बीमा कम्पनीले नियामक निकाय बीमा समितिमा संझौता पत्रको एक प्रति बुझाएका छन् । कम्पनीका प्रतिनिधिहरुले बीमा समितिका अध्यक्ष सूर्या प्रसाद सिलवाललाई उक्त संझौतापत्र बुझाएका हुन् ।
    तीन वटै कम्पनीले गत बैशाख २९ गते बिहीबार साँझ ४ बजे विग मर्जरको सहमतित्रमा संझौता गरेका थिए । युनियन लाइफका मनोजलाल कर्ण सहितको टोली आज बीमा समिति पुगेको थियो । तीन वटै कम्पनीले डिडिए गराइरहेका छन् । डिडिए प्रतिवेदन आउने वित्तीकै कम्पनीहरुले स्वापरेसियो तय गरेर विशेष साधारणभा बोलाउने छन् । स्रोतका अनुसार कम्पनीले यहि साउन पहिलो सातामा एकिकृत कारोबार गर्नेगरी मर्जरको काम गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्