News Portal

  • ५० पालिकाको नतिजा: कसको कहाँ पल्ला भारी ?

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ७१७ पटक
    १ जेठ, २०७९

    काठमाडौं । अहिलेसम्म ५० स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये १९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले १६ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले १३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।
    अहिलेसम्म मनाङका सबै पालिकाहरूको परिणाम आएको छ।

    नेकपा एमाले विजयी भएका पालिकाहरू:

    1.     मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
    2.     मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
    3.    मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
    4.    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
    5.    मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
    6.    डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
    7.    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
    8.    बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
    9.    नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
    10.    बझाङको थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया विजयी
    11.    मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
    12.    म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
    13.    तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
    14.    दार्चुलाको महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
    15.    स्याङजाको हरीनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
    16.    बैतडीको पन्चेश्वर गाउँपालिका: गोरखबहादुर चन्द
    17.    दैलेखको गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
    18.    नवलपुरको बुलिङटार गाउँपालिका: अध्यक्ष दीपेन्द्र सुनारी
    19. पाल्पाको पूर्वखोला गाउँपालिकामा: अध्यक्ष नुनबहादुर थापा

    नेपाली कांग्रेस विजयी भएका पालिकाहरू:

    1. मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
    2.मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
    3. मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
    4. गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्‍वज पन्थी विजयी
    5. गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
    6. गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
    7. डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
    8. हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
    9. बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा
    10. बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका: अध्यक्ष भरत रोकाया
    11. सोलुखुम्बुको लिखु पिके गाउँपालिका: अध्यक्ष मीनादेवी कार्की
    12. संखुवासभाको सभापोखरी गाउँपालिका: अध्यक्ष भीमबहादुर लिम्बू
    13. सल्यानको कुमाख गाउँपालिका: अध्यक्ष मानबहादुर बुढाथोकी
    14. बैतडीको शिवनाथ गाउँपालिका : अध्यक्ष कर्णसिंह साउद
    15. दैलेख भैरवी गाउँपालिका: अध्यक्ष रिता शाही
    16. ताप्लेजुङ मेरिङदेन गाउँपालिका: अध्यक्ष युक हाङ् वीर हाङ्गाम

    नेकपा माओवादी केन्द्र:

    1.डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
    2.दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
    3. बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
    4. उदयपुर लिम्चुङबुङ गाउँपालिका: अध्यक्ष मेजरकुमार राई
    5. रोल्पाको थवाङ गाउँपालिका: अध्यक्ष ऋषिकेशव बुढामगर
    6. खोटाङको जन्तेढुंगा गाउँपालिका: अध्यक्ष अरूणादेवी राई
    7.दार्चुलाको नौगाड गाउँपालिका: अध्यक्ष दलजीत सिंह धामी
    8. हुम्लाको ताजाकोट गाउँपालिका: अध्यक्ष लालकेश जैसी
    9.गोरखाको अजिरकोट गाउँपालिका: अध्यक्ष दीपक देवकोटा
    10. सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिका: अध्यक्ष असिम राई
    11. गुल्मीको चन्द्रकोट गाउँपालिका: युवराज केसी
    12. दार्चुलाको मार्मा गाउँपालिका: अध्यक्ष जमनसिंह धामी
    13. दार्चुला अपिहिमाल गाउँपालिका: अध्यक्ष भक्तसिंह ठेकरे

    नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:

    1. डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
    2. डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी

    प्रतिकृया दिनुहोस्