News Portal

  • दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबैमा एमाले विजयी

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ७५३ पटक
    १ जेठ, २०७९

    दैलेख । दैलेखको गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेबाट विजयी भएका छन्। एमालेका टोपबहादुर विसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित भएका हुन् ।
    यस्तै उपाध्यक्षमा एमालेकी शिवाकुमारी खड्काले ४१२५ मत ल्याएर विजयी भएकी थिइन् भने काँग्रेसकी दिपा बिसीले ३५४७ मत ल्याएर पराजित भएकी थिइन। यसअघि अध्यक्ष उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो।

    प्रतिकृया दिनुहोस्