News Portal

  • धुलिखेलमा अशोक र विदुरबीच तीव्र प्रतिस्पर्धा

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ७०१ पटक
    १ जेठ, २०७९

    काभ्रे । धुलिखेल नगरपालिकाको मेयरका लागि सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् दयासागर श्रेष्ठ । तर उनी प्रतिस्पर्धाबाट बाहिरिएझैं देखिएको छ ।
    मेयरका लागि नेकपा एमालेका उम्मेदवार अशोक व्यन्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेतबीच चर्को प्रतिस्पर्धा छ । व्यन्जु निवर्तमान मेयर हुन् भने विदुर, कांग्रेसका बागी उम्मेदवार हुन् । सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा मेयर एकीकृत समाजवादीलाई छाडेपछि उनले स्वतन्त्र उम्मेदवारी दिए ।
    जेब्रा चुनाव चिन्ह पाएका उनले सुरुवातमा अग्रता लिएका थिए । तर अहिले केही सय मतले अशोक अगाडि छन् । धुलिखेलको १, २, ३ र ४ नं वडाको ५ हजार ७ सय ५५ मत गणना गर्दा व्यन्जुले २ हजार ५०४ मत पाएका छन् भने विदुरले २ हजार २६३ मत आाएका छन् ।
    जबकी गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका श्रेष्ठले जम्मा १९६ मत पाएका छन् ।
    धुलिखेलको वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका सन्तबहादुर लामा, २ मा एमालेका अर्जुन न्यौपाने, ३ मा एमालेकै गणेश आचार्य र ४ मा कांग्रेसका उत्तमप्रसाद तिमल्सिना निर्वाचित भएका छन् । अब ८ वटा वडाको मत गणना गर्न बाँकी छ ।

    प्रतिकृया दिनुहोस्