News Portal

  • लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाइ बहुमत

    आर्थीकसंसार संवाददाता४ भदौ, २०८१
    ३४ पटक
    ४ भदौ, २०८१

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार दुई तिहाइ बहुमतसहित विश्वासको मत लिएका छन् ।

    आचार्य गत साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश सभामुख तुलाराम घर्ती मगरले विश्वासको मतको पक्षमा ७० मत र विपक्षमा ११ मत खसेको घोषणा गरेका छन् ।

    कुल ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसदको संख्या आवश्यक पर्ने भए पनि आचार्यलाई ७० मत परेको छ ।

    संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आचार्यले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव दर्ता गराएका थिए ।

    प्रतिकृया दिनुहोस्