News Portal

  • नेपाल लाइफको खुद बीमा शुल्क आर्जन २५ अर्ब ९७ करोड

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०७९
    ६८७ पटक
    ३० वैशाख, २०७९

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/ ७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा, गेडा कोष बाहेक अधिकांश सूचकमा प्रगति देखिएको छ ।
    ८ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ४९ लाख रुपैयाँ जगेडा कोषमा संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब १२ करोड ३४ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो ।
    यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ७ अर्ब ६१ करोड रुपैयाँ थियो ।
    यस अवधिमा कम्पनीले १९ करोड ४५ लाख ६१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५० करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बीमा समितिको निर्देशन अनुसार कम्पनीले फ्युचर बोनश प्रोभिजनले गर्दा नाफामा गिरावट आएको हो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १३८ प्रतिशतले घटेको हो ।
    यस अवधिमा कम्पनीले २५ अर्ब ९९ करोड ७९ लाख २ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ अर्ब ९५ करोड ६० लाख ६३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ प्रतिशतले बढेको हो ।
    यस अवधिमा कम्पनीले १० अर्ब ६० करोड ८६ लाख ४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २९ करोड ७४ लाख ७४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।
    यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैया ४१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ११४ रुपैयाँ ०३ पैसा रहेको छ । पिई अनुपात २७९.६८ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्