News Portal

  • लुम्बिनी जनरलको खुद बीमा शुल्क आर्जन ५१ करोड ६६ लाख

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०७९
    ५१५ पटक
    ३० वैशाख, २०७९

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा तथा खुद बीमा शुल्क आर्जन घटेको छ ।
    १ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३१ करोड १७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।
    यस अवधिमा कम्पनीको बीमा कोषमा ७७ करोड १७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७१ करोड ६५ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।
    गत आर्थिक वर्षमा ५२ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा ५१ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य प्रतिशतले घटेको छ ।
    यस अवधिमा कम्पनीको खुद नाफा ९ करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १३ करोड ७७ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३० प्रतिशतले घटेकोे हो ।
    त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ३६ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ७३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।
    यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १० रुपैयाँ ६२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १९३ रुपैयाँ २८ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्