News Portal

  • प्रिमियर इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ५% ले बढ्यो

    आर्थीकसंसार संवाददाता३० वैशाख, २०७९
    ७७२ पटक
    ३० वैशाख, २०७९

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले नाफा बाहेक अधिकांश उपसूचकमा प्रगति गरेको छ ।
    १ अर्ब २२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३५ करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३३ करोड ३९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।
    यस अवधिमा कम्पनीको बीमा कोषमा ९६ करोड ६० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ८१ करोड ५ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।
    यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । गत आर्थिक वर्षमा ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा ६२ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ दशमलव ५२ प्रतिशतले बढी हो ।
    यस अवधिमा कम्पनीको खुद नाफा २५ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २८ करोड ९६ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १२ प्रतिशतले कमी हो ।
    त्यस्तै,समिक्षा अवधिमा कम्पनीले २९ करोड ७५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।
    यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ६१ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २१२ रुपैयाँ ३५ पैसा रहेको छ ।

    प्रतिकृया दिनुहोस्