News Portal

  • नेको इन्स्योरेन्सको खुद नाफामा सामान्य गिरावट

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७९
    ७५७ पटक
    २९ वैशाख, २०७९

    काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफा घटेको छ । जगेडा कोषमा रकम पनि घटेको छ ।
    १ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६२ करोड २२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ संचिती थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको छ ।
    कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिसम्ममा ३४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षक सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य घटेको हो ।
    यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २७ करोड ७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बढेको होे ।
    समिक्षा अवधिमा १ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य बढेको छ ।
    समिक्षा अवधिमा कम्पनीले ६० करोड ८३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी ३५ दशमलव ०२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
    यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३० रुपैयाँ ०२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २३० रुपैयाँ ५ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात २९.०८ गुणा रहेको छ ।

    प्रतिकृया दिनुहोस्