काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा राग्रो प्रगति गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १४ करोड ३६ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा ९ करोड ५५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा ५० प्रतिशतको वृद्धि देखिएको छ।
कम्पनीले ९ महिनाको अवधिमा २ अर्ब ८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। कुल बीमा शुल्क आर्जन २८ दशमलव २० प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ६२ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।
१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४४ करोड ३४ लाख रकम छ भने जीवन बीमा कोषमा ३ अर्ब ३६ करोड रकम रहेको छ । जीवन बीमा कोष ५४ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले निकट भविष्यमा आईपीओ निस्काशन गर्दै छ।
सन नेपाल लाइफ खुद नाफामा ५० प्रतिशतको वृद्धि हुँदा अन्य वित्तीय सूचक कस्तो देखियो ?
आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७९
२९ वैशाख, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न