News Portal

  • एशियन लाइफको नाफामा सामान्य बृद्धि, जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड

    आर्थीकसंसार संवाददाता२९ वैशाख, २०७९
    ६४८ पटक
    २९ वैशाख, २०७९

    काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिसम्म १८ करोड ४० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही त्रैमाससम्म कम्पनीको खुद नाफा १८ करोड २१ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफामा १ प्रतिशतको वृद्धि देखिएको छ ।
    कम्पनीले ९ महिनाको अवधिमा ५ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १२ दशमलव ४६  प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष ७७/७८ को तेश्रो त्रैमाससम्म कम्पनीले ४ अर्ब ६३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो।
    २ अर्ब ५३ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ४२ करोड ८२ लाख रकम छ भने जीवन बीमा कोषमा ३० अर्ब ९८ करोड रकम रहेको छ । जीवन बीमा कोष २१ प्रतिशतले वृद्धि भएको छ ।
    कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ ६६  पैसा छ भने प्रति शेयर नेट्वर्थ १२१ रुपैयाँ ५७ पैसा छ ।

    प्रतिकृया दिनुहोस्