News Portal

  • शिखर इन्स्योरेन्सको दुई दिने स्वास्थ्य परीक्षण शिविर सम्पन्न

    आर्थीकसंसार संवाददाता२८ वैशाख, २०७९
    ४८५ पटक
    २८ वैशाख, २०७९

    काठमाडौं । शिखर इन्स्योरेन्सले ई(फार्मेसीको सहकार्यमा आफ्नो कर्मचारीको निशुल्क स्वास्थ्य परिक्षण गर्नका लागि दुई दिने निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन गरेको छ । ‘कृषि माइक्रो इन्स्योरेन्स’ भवनमा भएको यस शिविरमा निस्शुल्क जाँचका अतिरिक्त सामान्य स्वास्थ्य समस्याहरू समावेश गरिएको थियो । उच्च, न्यून रक्तचाप, उच्च न्यून सुगर शरीरको तापक्रम, पल्स रेट र अक्सिजनको स्तर आदि रहेको थियो ।
    यस बाहेक मंगलबारमा एक ई-फार्मेसीका पोषण विशेषज्ञसंग दैनिक आहार र स्वस्थ खाना जस्ता विषयहरूसँग सम्बन्धित ३० मिनेटको ‘जुम सम्मेलन ब्रीफिंग’ आयोजना भएको थियो । यो कार्यक्रम विशेष गरी कर्मचारीहरूको लागि आफ्नो दैनिक जीवनमा आउने साना स्वास्थ्य समस्याहरूको बारे ज्ञान प्राप्त गर्न डिजाइन गरिएको थियो।
    निस्शुल्क शिविरबाट २०० भन्दा बढी कर्मचारी सहभागी भएका थिए ।

    प्रतिकृया दिनुहोस्